काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले संविधान कहिल्यै नमिच्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा टु“डिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू कठिन संघर्ष गरेर बनाएको संविधान नमिच्ने दाबी गर्नुभएको हो । अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने, संविधान नमिच्ने र मिच्न नदिने बताउनुभयो । त्यस्तै जनताको अभिमत भन्दा बाहिर नजाने र जान नदिने दाबी गर्नुभयो । उहाले सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्न प्रतिबद्ध रहेको दाबी गर्नुभयो । राष्ट्रलाई एकतावद्ध बनेर अघि बढ्ने काममा सरकार दृढ रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले अब कुनै प्रकारको अलमलमा नपरी विगतका बलिदान सम्झेर गौरवपूर्ण रुपमा प्राप्त उपलब्धि रक्षा गर्न अघि बढ्नुपर्ने दिन आएको बताउनुभयो । उहाले संघर्षमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभयो ।
विकास र जनताको आकांक्षा पूरा गर्नेतर्फ सरकार अघि बढेको प्रधामन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले सन् २०३० भित्र दिगो विकासमा पुग्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्