ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतवार थप १० लाख डोज खोप ल्याइने, पहिलो चरणको अभियान सोमवारसम्म


एबीसी / संवाददाता
८ फाल्गुन २०७७, शनिबार   ८ : ४४   बजे

काठमाडौं, ८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फेरि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ । आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले भारतसँग किनेको १० लाख डोज खोप आइतवार आइपुग्ने बताउनुभएको हो ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो सोमवारसम्म खोप लगाइने भएको छ ।

शनिवारसम्म मात्र खोप लगाउने तालिका रहे पनि थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिनुभयो । दोस्रो प्राथामिकतामा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, पालिकाका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।

डा। गौतमका अनुसार अहिलेसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् । सरकारले फागुन २३ वा त्योभन्दा अगाडि नै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ ।

यस्तै सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu