ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीको ब्रीफकेसमा के हुन्छ ? कहिलेदेखि प्रयोग हुन थाल्यो प्रोटेक्टिभ शील्ड


एबीसी / संवाददाता
९ फाल्गुन २०७७, आइतबार   १० : ५६   बजे

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका हालैका कार्यक्रममा सादा पोसाकमा खटिएका सुरक्षाकर्मीको सङ्ख्याबाट उनको सुरक्षा बढाइएको आकलन गरिएको छ। ओली नेतृत्वमा सरकार बनेको तीन वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो।

सरकारले हालै परिमार्जन गरेको विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षासमबन्धी कार्यविधिले छजना अतिविशिष्ट व्यक्ति अनि विशिष्ट व्यक्तिलाई दिइने सुरक्षाबारे नयाँ व्यवस्था गरेको छ ।

छ जना अतिविशिष्ट व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्ष छन्। सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीको सुरक्षा अन्य समयभन्दा फरक भएको चर्चा सामाजिक सञ्जालमा चलेको थियो।

प्रधानमन्त्रीको भित्री घेराको सुरक्षा व्यवस्थापनमा जिम्मा नेपाली सेनाले लिएको छ। सादा पोसाकमा खटिएका सुरक्षाकर्मीहरू सेनाकै हुन्। नेपाली सेनाका सेवानिवृत्त उपरथी विनोज बस्न्यातले सिंहदरबारमा देखिएको सुरक्षा हेर्दा प्रधानमन्त्रीको सुरक्षा थप भएको आफूलाई पनि लागेको बताउनुभयो ।

“अस्तिको तस्बिर हेरेर सुरक्षा तह बढाइएको नै रहेछ भनेर आकलन गर्न सकिन्छ। तर तस्बिर सबै सुरक्षाकर्मी एकै ठाउँ भेला भएको बेला लिइएको हो वा त्यसरी नै सुरक्षा प्रबन्ध गरिएको हो भन्ने चाहिँ अलि समय आफैँले नहेरी भन्न सकिन्न,” उहाँले भन्नुभयो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कार्यविधि परिवर्तन भए पनि प्रधानमन्त्रीको सुरक्षा व्यवस्थामा परिवर्तन नआएको उल्लेख गरे। “त्यो कार्यालयको कारण मात्र त्यस्तो देखिएको हो । नेपाली सेनाको पाँच जना क्लोज प्रोटेक्शनमा खटिन्छन् । पाँच जनाले नेपाल सरकारको विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि २०७७ अनुसार नेपालका अतिविशिष्ट छ जनालाई नै सुरक्षा प्रदान गर्ने हो,” पौडेलले भन्नुभयो । गृह मन्त्रालयले भने प्रधानमन्त्रीको सुरक्षा थप गरिएको नभई ‘पुनःपरिभाषित गरिएको’ बताएको छ। “प्रधानमन्त्रीको सुरक्षा थप भएकोभन्दा पनि पुन परिभाषित गरिएको हो । पुन स् परिभाषित भनेको एउटा सुरक्षा निकायलाई दिइएको जिम्मा अर्कोलाई दिने भन्ने हुनसक्छ,” मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो ।

के हुन्छ ब्रीफकेसमा ?

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उहाँको पछाडि उभिएका सुरक्षाकर्मीले बोकेका ब्रीफकेसबारे धेरैको चासो देखिएको छ। प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीहरूले केही वर्षयता हातमा ब्रीफकेस बोकेर नजिकै उभिने गरेको देखिँदै आएको छ। यसपालि पनि ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएको देखिएको हो।

तस्बिरहरूमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरूले बोकेका तीनमध्ये दुईवटा ब्रीफकेस उस्तै देखिन्छन् भने एउटा अलि फरक छ। सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ।

मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ। ब्रीफकेसको ह्यान्डलसँगै रहेको ट्रिगरबाटै यसभित्र राखिएको ह ‘तियार चलाउन सकिने हतियारसम्बन्धी वेबसाइट गन्सले उल्लेख गरेको छ । पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन्। विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढा लको रूपमा प्रयोग गर्न सक्छन्। जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गो ली र अन्य प्र हार रोक्न सकिने एक सुरक्षा अधिकारीले बताए।

कहिलेदेखि प्रयोग हुन थाल्यो ः

सुरक्षा संवेदनशीलताका कारण विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी कतिपय सूचना खुलाउन नमिल्ने अधिकारीहरूको भनाइ छ।

सैनिक प्रवक्ता पौडेलले यस्ता ब्रीफकेसमा विशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रयोग हुने उपकरण राखिने जानकारी दिनुभयो । तर उहाँले ती उपकरणबारे विस्तारमा बताउनुभएन ।
“विशिष्ट व्यक्तिहरूको सुरक्षा सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार भित्री घेरामा परिचालन हुने नेपाली सेनाको टीमले बोक्ने ब्रीफकेसमा सुरक्षाको लागि आवश्यक हुने उपकरणहरू बोकेका हुन्छन्,” पौडेलले भन्नुभयो । पूर्वउपरथी बस्न्यातले अतिविशिष्ट व्यक्तिको सुरक्षामा ब्रीफकेससहितको सुरक्षा उपकरण बोक्ने चलन नयाँ नभएको बताउनुभयो । “यो नयाँ सुरु भएको होइन, सुरक्षाको एउटा भागको रूपमा पहिल्यैबाट बोक्ने गरिन्थो,” बस्न्यातले भन्नुभयो ।तत्कालीन राजपरिवारको सुरक्षामा पनि यसको प्रयोग हुने गरेको समेत उहाँले बताउनुभयो । “अतिविशिष्ट सुरक्षा पाउने सबैकोमा यस्तो व्यवस्था हुन्छ। तर कस्तो अवस्थामा बोक्ने भन्ने चाहिँ विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयले तय गर्ने हो,” बस्न्यातले भन्नुभयो । नेपालमा अहिलेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा यस्तो ब्रीफकेस बोकेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu