काठमाडौं, ११ फागुन । मूल्य घट्न थालेपछि किन्न चाहनेहरु पाउनै छाडिएको छ। अहिले १२ बजेर ४० मिनेटसम्ममा ९ लाख कित्ता सेयर बिक्रीमा छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार आज निफ्राको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ घटेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट ब्रेक लागेको छ।
हिजो सोमबारसम्म हरेक दिन १० प्रतिशतले बढ्दै निफ्रा आज एकाएक घटेको हो।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज निफ्राको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ घटेको छ। आज पनि सुरुवाती समयमा यसको सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २६ रुपैयाँ पुगेको थियो। तर, मूल्य घट्न थालेपछि नेप्सेको मार्केटडेप्थमा सेयर किन्न चाहनेहरु पाउनै छाडिएको छ। अहिले १२ बजेर ५५ मिनेटसम्ममा ९ लाख २१ हजार कित्ता सेयर बिक्रीमा छ।
प्रतिक्रिया दिनुहोस्