काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभएको छ ।
काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि प्रतिगमनविरुद्ध फेरि आन्दोलनमा उत्रिनुपरेको तर राज्य शक्तिको दुरुपयोग गरेर प्राप्त उपलब्धिलाई दबाउन खोजिएको आरोप लगाउनुभएको छ । प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेर सुरु गरेको समेत बताउनुभयो । सशस्त्र द्वन्द्व नै नेपालका लागि सबैभन्दा ठूलो परिघटना भएको दाबी गर्दै उहाँले देशलाई अगाडि बढाउन सशस्त्र द्वन्द्वले ठूलो उपलब्धि हासिल गरेको तर्क गर्नुभयो । प्रचण्डले पार्टी एकता फुटाउन षड्यन्त्र भएको पनि दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्