काठमाडौं, १२ फागुन । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भन्नुभयो । त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उहाले बताउनुभयो। सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्