ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका सबै सांसदलाई सत्तापक्षकै कुर्सी (यस्तो छ तयारी)


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ८ : ०४   बजे

काठमाडौँ, १९ फागुन । सत्ता र सडकमा नेकपा दुई समूहमा विभाजित भए पनि आसन्न प्रतिनिधिसभा बैठकमा भने सत्तारूढ एउटै दलको बसाइमा देखिनेछन् । प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संघीय भवनमा नेकपाका सांसदहरू बस्ने कुर्सी दुई समूहमा छुट्याइएको छैन ।

नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका सांसदहरू बस्ने कुर्सी सत्तापक्षकै लहरमा राखिएको छ । औपचारिक रूपमा पार्टी फुटेको छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने, ‘त्यसैले अहिले नेकपाका सबै सांसद सत्तारूढ हुन् ।’ सचिवालयले बैठकका लागि कुर्सी, टेबलको सरसफाइ, रंगरोगन, सामाजिक सुरक्षा, स्वास्थ्य मापदण्डको पालनालगायत विषयमा आन्तरिक तयारी पूरा भएको जनाएको छ ।

संसद् भवन प्रवेश गर्ने ढोकामै ज्वरो नाप्ने स्वचालित मेसिन राखिएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि बैठक बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ मा अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटा, संघीय संसद्का महासचिव र सचिवालयका महाशाखा प्रमुखहरूले मंगलबार संसद् भवन निरीक्षण समेत गर्नुभएको थियो।

बैठकअघि सचिवालयले सांसद, मन्त्री र कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार सिभिल अस्पतालमा बुधबारदेखि खोप लगाउन थालिनेछ । पौने १० बजे खोप लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

नेकपा दुई समूहमा विभाजित भएपछि बस्न लागेको बैठकको एजेन्डा भने तय भएको छैन । सभामुख सापकोटाले दलहरूको सहमतिअनुसार प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रतिनिधिसभा विघटन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव कसरी अघि बढाउने भन्ने पनि यकिन भएको छैन । गत पुसमा सुरु हुनुपर्ने सातौं अधिवेशन विघटनका कारण रोकिएको थियो । प्रतिनिधिसभा विघटन भएपछि अन्योलमा रहेको सचिवालयले बैठकको तयारी नै गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu