ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ता स्थान र समय गोप्य : आज सरकार र विप्लव समूहबीच वार्ता, विप्लव समूहले राख्यो यस्तो दुई शर्त


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ९ : १०   बजे

काठमाडौं, १९ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। तर वार्ताको समय र स्थान भने गोप्य राखिएको छ ।
वार्तामा बस्नका लागि विप्लव नेकपाले दुईवटा शर्त राखेको छ । आज हुने पहिलो चरणको वार्तामा विप्लव पक्षले पार्टीमाथिको प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताका विषय प्रवेश गराउने भएको छ ।

राजनीतिक मुद्दामा वार्ता अगाडि बढाउनुपूर्व प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताको मुद्दा फिर्तालाई विप्लव पक्षले शर्तकै रूपमा अगाडि सार्ने विप्लवका एक नेताले जानकारी दिनुभयो ।यो विषयमा सहमति भए त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने र बाँकी विषयमा थप छलफल हुने बुझिएको छ । हिजो गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी भए पनि विप्लव पक्षले केही शर्त राखेपछि आजका लागि सरेको हो।

वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताले दिएको जानकारी अनुसार आफूहरूले पहिले पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो। तर हिजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको उहाँले बताउनुभयो ।पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्तामा सरकार सकारात्मक देखिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले माफीसम्बन्धी र मुद्दा फिर्तासम्बन्धी निर्देशिका तयार गरी गृह मन्त्रालयमा पठाएको छ ।मुलुकी फौजदारी संहिता कार्यान्वयनका सन्दर्भमा यी निर्देशिका महत्वपूर्ण भए पनि राजनीतिक मुद्दामा भने अस्पष्ट  छ । वार्ता गर्न विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक हिजो नै उदयपुरबाट काठमाडौं आइसक्नु भएको छ ।सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ। लगत्तै विप्लव नेकपाले पनि वार्ता टोली गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group