काठमाडौं, १९ फागुन । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाउन थालिएको छ। बुधबार उनीहरूलाई कोरोनाविरूद्ध खोप लगाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरू गरेको हो। निजामती अस्पताल नयाँ बानेश्वरमा उनीहरूले कोरोनाविरूद्ध खोप लगाएका हुन्। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा बैठक कक्षमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ।
प्रतिक्रिया दिनुहोस्