ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ७ : ३४   बजे

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाउनु भएको हो ।

झापामा हिजो झापामा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरेको भाषणप्रति पूर्वउपकुलपतिहरूले असहमति जनाउनुभएको हो । ओलीले आफ्नो भाषणमा झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिनुभएको थियो ।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० जना पूर्वउपकुलपतिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

चिकित्सा क्षेत्रमा सरकारले नै चुनौती थोपर्दै लगेको भन्दै उनीहरूले चिन्तासमेत जनाएका छन् । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले सरकारलाई दिएको सुझावअनुसार बनेको ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन नपाउने व्यवस्था छ । ‘परन्तु, उक्त ऐनको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी एवं गैरजिम्मेवारी कार्य गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu