ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ९ : ५४   बजे

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएकोसमेत बताउनुभयो ।

चिडियाखानामा वन्यजन्तुको संरक्षणसँगै शैक्षिक दृष्टिकोणबाट पनि जोड्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव, वन्यवन्तु, वनस्पति, प्राकृतिक स्रोत, इकोसिस्टमको अर्थ र सम्बन्धबारेमा हरेक विद्यार्थीलाई शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।

सदर चिडियाखाना साँघुरो हँुदै गएकाले खुला चिडियाखानाको अवधारणाअनुसार आफूले अघिल्लो कार्यकालमा भक्तपुरको सूर्यविनायकमा खुला चिडियाखानाको शुभारम्भ गरेको जानकारी गराउनुभयो ।

उहाँले चिडियाखानाभित्र ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलगायतलाई आवतजावतमा सहजताका तर्फबाट चार थान विद्युतीय सवारी प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
एक सिंगे गैँडाको अविभावकत्व ग्रहण

सो अवसरमा प्रधानमन्त्री ओलीले चिडियाखानाको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’को शुभारम्भ गर्दै एकसिङ्गे गैँडाको अविभावकत्व ग्रहणसमेत गर्नुभयो । उहाँले हाल चिडियाखानामा रहेका तीनमध्ये उहाँले एक गैँडाको एक महिना आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारी लिनुभएको हो । वन्यजन्तुको व्यवस्थापनमा देखिएको कठिनाइ समाधान गर्न र गैँडाको हकको संरक्षण गर्न आफूले अवभावकत्व ग्रहण गरेको उहाँले बताउनुभयो ।

चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनमा कठिनाइ देखिएको भन्दै विभिन्न एक दर्जन वन्यजन्तुको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ सार्वजनिक गरेको छ । यसअन्तर्गत चिडियाखानाले तत्काल हात्ती, बाघ, भालु, गैँडा, गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार र औषधोपचारमा लाग्ने खर्चको विवरणसमेत तयार गरेको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयले सातै प्रदेशमा चिडियाखाना स्थापनाका लागि तीव्ररुपमा काम गरिरहेको बताउँदै यसै आर्थिक वर्षभित्र चिडियाखानाको मापदण्डसम्बन्धी कार्यविधिसमेत स्वीकृत गर्ने जानकारी गराउनुभयो ।

साथै उहाँले सूर्यविनायकमा स्थापना गर्न लागेको खुला चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन छिट्टै अघि बढ्नेसमेत बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मानव र वन्यजन्तुबीचको अन्तरसम्बन्धमा देखिएका चुनौतीको समाधान गर्दे अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले कोषले नेपालको वातावरण संरक्षण र अध्ययन अनुसन्धानमा राम्रो काम गरेको भन्दै कोषको योगदानको प्रशंसा गर्नुभयो । कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले कोषले अन्नपूर्ण संरक्षण क्षेत्रमा गरेको व्यवस्थापन अनुपम भएको अवगत गराउँदै आगामी दिनमा संरक्षणमा अझ प्रभावकारीरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group