ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार   ४ : ५५   बजे

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा विप्लवसँग तीन बुँदे सहमति भएपछि मुलुकमा अब हिंसाको अन्त्य भएको प्रष्ट पार्नुभयो ।

सरकार र नेकपा (विप्लव समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभयो । नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको उहाँले चर्चा गर्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । “यो क्र्यास ल्याण्डिङ होइन, सफल ल्याण्डिङ हो” प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धीको परिणाम हो ।” विप्लव पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उहाँले स्मरण गर्नुभयो ।

सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।” यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेपछि नेपालको समृद्धि अब असम्भव नहुने बताउनुभयो ।

“आजको उपलब्धीले विश्वकै कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिएको छ” चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “असल मनसायकासाथ अगाडि बढ्दा सफलता प्राप्त हुन्छ भन्ने हामी दृष्टान्त बन्न सफल भएका छौं ।” कोही मान्छेहरु देशलाई बर्बाद गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो । उहाँहरुको माक्र्सवाद के हो म बुझ्दिनँ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको प्रस्ताव कसैलाई गर्दैनौं

“हामी प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका छैनौं र राख्न पनि राख्दैनौं” प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रको सही अभ्यासका लागि प्रतिनिधिसभा विघटन गरेको भएपनि सर्वोच्चले पुनस्र्थापना गर्दा नयाँ तमासा शुरुभएको बताउनुभयो ।

प्रचण्ड–माधव पक्षप्रति टिप्पणी गर्नुहुँदै उहाँले थप्नुभयो, “उहाँहरुको कार्यशैली देखेर अचम्म लाग्छ, आफ्नो दलको प्रधानमन्त्रीलाई किस्तीमा राखेर अरु दललाई दिन हिड्नुभएको छ ।” केही मानिसले कम्युनिष्ट आन्दोलन बदनाम गर्न खोजे पनि आफूहरुले त्यसो हुन नदिने बताउनुभयो । आफू नेतृत्वको वर्तमान सरकार सफल सरकार भएको पनि उहाँले दावी गर्नुभयो । सन् २०३० भित्र दिगो विकास लक्ष्य प्राप्त गर्न सफल हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

साहसिक कामको शुरुवातमा सहभागी हुनुभएकोभन्दै महासचिव चन्दलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुहुँदै मुलधार राजनीतिका लागि शुभकामना व्यक्त गर्नुभयो । वार्ता टोलीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै नेतालाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो । प्रत्यक्ष, परोक्ष, प्रकट अप्रकट ढङ्गले योगदान दिने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । यस खुशीको दिन, सफलताको दिन, देशले जितेको दिनलाई सार्थक बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली र नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द २ बजेर ४८ मिनेटमा राष्ट्रिय सभा गृहमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा दुवै पक्षका चार–चार जना नेताहरु मञ्चमा आसिन रहनुभयो । प्रधानमन्त्रीको दायाँ भागमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आसिन रहनुभएको थियो ।

त्यसैगरी महासचिव चन्दको बायाँ भागमा खडगबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने ‘दीपक’ र अन्य नेताहरु बस्नुभएको थियो । फागुन १८ गते मंगलबार सरकारको तर्फबाट र नेकपा (विप्लव समूह) ले अलग अलग वार्ता टोली गठन गर्नुभएको थियो । दुवै समूहबीचको वार्तापछि २० गते विहिबार तीनबुँदे सहमति भएको थियो । कार्यक्रमको सञ्चालन डा। राजन भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group