ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ, ‘तर झुक्ने छैनौं– महासचिव चन्द


एबीसी / संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार   ५ : १९   बजे

काठमाडौं, २१ फागुन। नेकपाका महासचिव नेत्रविक्रम चन्दले (विप्लव) तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव चन्दले सहमतिपत्रमा प्रतिबद्ध रहेको बताउनु भएको हो ।
‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौं । यसलाई पालना गर्छौं । दृढतापूर्वक भन्छौं यहाँ कसैले पनि आशंका या विभिन्न ढंगले उत्तेजनात्मक कुर्तक गर्न जरुरी छैन,’ चन्दले भन्नुभयो । नेपाली समाज रुपान्तरण प्रक्रियामा अगाडि बढेको भन्दै चन्दले सरकारसँगको सहमतिलाई जुन र घामको भेटसँग तुलना समेत गनुृभयो । ‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जसो कहिल्यै भेट नहुने’ भने जस्तो । जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ । हामी त्यस्तैत्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे । तर जुन र घामको पनि भेट हुँदो रहेछ,’ उहाँले भन्नुभयो ‘यो अगाडि पनि हाम्रो कुरा भएको थियो । इमान्दारीपूर्वक प्रधानमन्त्रीसँग कुरा भएको थियो । हामी कसैमाथि हमला गरेर हैन, हामी नेपाली जनताको श्रममथि उभिएर देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व हामी गरौं । त्यो छलफल चलेको थियो ।’

नेपाली समाज रुपान्तरण हुँदै आएपनि पूर्ण नभएको उहाँले बताउनुभयो । केही कुराहरुमा आफ्ना असहमति राख्दै आफूहरु अगाडि बढेको चन्दको भनाइ छ । ‘००७ सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाज रुपान्तरण हुँदै आएको छ । तर त्यो पूर्ण भएको छैन । आज पनि नेपालका मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ । दलित, महिला, उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ चन्दले भन्नुभयो , ‘जहाँजहाँ हाम्रा असहमति रहे दृढतापूर्वक राख्यौं । संविधानमा व्याख्या गरिएको संसदीय व्यवस्था, पुँजीवादी व्यवस्थाको बहुदलीय व्यवस्थाको व्याख्या भयो । त्यसमा हामी सहमत भएनौं । अहिलेको सरकारसँगको कुरा हैन । नेपालको राजनीतिक रुपान्तरणको प्रक्रियामा अलिकति छलफल र बहसहरु भए त्यसमा सहमत हुन सकेनौं ।

र आफ्नो तर्फबाट विद्रोह गर्यौं । हामी अगाडि बढेकै हो ।’ अझै पनि नेपालमा कसैले सुरक्षित अनुभूति गर्ने स्थिति नबनेको चन्दले जनताले के चाहन्छन् फैसला गर्ने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो । नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेता, पार्टी, जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भइराखेको जस्तो अनुभूति भइरहेको छैन । हरेक घटनाक्रममा तरंग छ । हामी त झुपडीभित्र बसेर आयौं । झुपडीमा पनि त्यो छ । महलमा पनि त्यो छ । सहरमा पनि छ, गाउँमा पनि छ । जसरी हामी प्रयोग गर्दै आएका छौं, यो ठिकै होला । तर, एकपटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चान्छन् जनताले ? गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । हामी सहकार्य गर्न तयार छौं,’ चन्दले भन्नुभयो । वैदेशिक हस्तक्षेप भए पनि आफूहरु नझुक्ने पनि उहाँले बताउनुभयो। ‘कसैले हामीलाई हस्तक्षेप गर्यो भने कुनै विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ,’ चन्दले भन्नुभयो , ‘तर झुक्ने छैनौं । हाम्रो प्रतिबद्धता छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्राथमिकतामा ७८ विधेयक, १० वटा संसद्मा दर्ता

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu