ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ : प्रधानमन्त्री (फोटोफिचर)


एबीसी / संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार   १० : ०२   बजे

काठमाडौं, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युुगमा प्रवेश गरेको बताउनुुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उहाँले अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा समाप्त भएको धारणा राख्नुुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुुभयो, “नेपाल शान्तिपूर्ण देश हो, यहाँ अब हिंसात्मक द्वन्द्व छैन, शान्ति छ । आजको ठूूलो सन्देश र उपलब्धि यही हो । संयुक्त राष्ट्रसङ्घले विश्वभरका मुलुकमा गरेको शान्ति स्थितिको मापनमा नेपालको सूूचक अझ माथि उठ्ने छ ।”

सो समूहले शान्तिको माध्यमबाट मुलुकको स्वाधीनता र समृद्धिको यात्रामा अघि बढ्ने गरी भएको सहमतिको निर्णयबाट नेपाली जनताको मन जित्न सफल भएको बताउँदै उहाँले भन्नुभयो, “मुलुक र जनताको हितका लागि शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्ने विप्लव नेतृत्वको समूह मुलधारको राजनीतिमा प्रवेश गर्ने निर्णय ‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ हो ।

दुवै पक्षबीच भएको सहमतिको एउटै उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रालाई अघि बढाउने र मुुुलुुकलाई एकताबद्ध बनाएर लैजाने रहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिको उचाइको यात्रामा मुलुक एक पटक फेरि नयाँ उचाइका साथ अघि बढेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालले प्राप्त गरेको सफलता विश्व कम्युुनिष्ट आन्दोलनका लागि आदर्श रहने छ, आजको सहमति शान्तिको यात्रालाई अघि बढाउने दिशाका लागि ठूूलो सफलता हो ।” विप्लव समूहको शान्तिपूर्ण अवतरण साहासिक कदम भएको जनाउँदै रकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली जनता र राष्ट्रले शान्ति खोजेको छ । राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकताका लागि एकजुट भएर काम गर्नुुपर्छ ।”

मुुलुकलाई अग्रगमन, विकास र समृद्धिका दिशामा अघि बढाउने र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सफल रहेको बताउँदै उहाँले नेपाली राजनीतिको अभ्यासमा विप्लवलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वर्णिम अवसरलाई सफल तुल्याऔँ : विप्लव

समारोहमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आजको सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास र समृद्धिको यात्रामा अघि बढ्ने सहमतिप्रति पूर्ण प्रतिबद्ध छौँ, सहमति पालना गर्छौँ ।”

कसैलाई पनि पीडा दिएर होइन नेपाली श्रमको योगदानबाटै मुलुकलाई विकासको चरणमा रुपान्तरण गरौँ भन्दै महासचिव चन्दले जनतालाई आफ्नो भविष्यबारे फैसला गर्न अधिकार दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनता र राष्ट्रको हितका लागि जुटेको स्वर्णीम अवसरलाई सफल तुल्याउन उहाँले सबैसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितमा भएको सहमतिपत्र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले आदानप्रदान गर्नुभएको थियो । सरकार र चन्द समूहको नेकपाबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारामा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने तीनबुँदे सहमति भएको छ ।

विसं २०७५, फागुन २८ गते भूमिगत राजनीतिकमा प्रवेश गरेको नेकपा चन्द समूह सरकारसँगको निरन्तर एक वर्षको वार्ता र छलफलपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको हो । देश र जनताको हितलाई ध्यानमा राखेर चन्द समूहसँग करिब एक वर्षदेखि औपचारिक र अनौपचारिक तथा विभिन्न माध्यामबाट वार्ता हुँदै आएकामा नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण घटना भएका दिनको अवसरमा सहमति जुटेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले बताउनुभयो ।

नेकपाको वार्ता टोलीका सदस्य दीपक चलाउनेले अग्रगमन, शान्ति र स्थायित्वका लागि आज भएको सहमति ठूलो उपलब्धि र इतिहासको रचना गर्ने नियमित आकस्मिकता र संयोग निर्माणमा महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र दुवै तर्फका वार्ता टोलीका सदस्यसहितको उपस्थिति थियो भने कार्यक्रमस्थल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हल र परिसर खचाखच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group