ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झर्दै : प्रधानमन्त्रीले स्वागत गर्ने


एबीसी / संवाददाता
२२ फाल्गुन २०७७, शनिबार   ७ : ४१   बजे

काठमाडौँ, २२  फागुन ।  संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षौँदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी आज शनिबार बागमतीमा बगाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्नुहुने छ । उहाँले सुन्दरीजल पुगेर मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी बागमतीमा खसाल्ने स्वीच थिचेर स्वागत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिनुभएको थियो । शिवरात्रीमा पशुपति आउने हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिनुभएको हो । सोही अबसरमा प्रधानमन्त्रीले विकास निर्माण सम्बन्धी केही महत्वपूर्ण घोषणा गर्ने पनि थापाले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएका पानीलाई वागमतीमा शनिबार बिहान बागमतीमा छोडिनेछ । खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी वागमतीमा छोड्न लागिएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि उक्त पानी वागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले त्यहाँ आएका फोहोरसहितको पानी वागमतीमा छोड्न लागिएको हो ।

वागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ । सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अब सबै पानी बागमतीमा छोडेपछि एक पटक पुन परीक्षण गरेर पानी छोड्दै प्रशोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयले दिएको छ ।

मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई प्रशोधन केन्द्रबाट वितरण प्रणालीमा पठाइने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गर्दै अहिले पुन पानी पठाइएको हो । आज रातीसम्म भरिने हुनाले शनिबार छोड्ने र त्यसले फोहोर सफा हुनेछ । मन्त्रालयले बागमतीमा पानीको सतह बढ्ने भन्दै नदि आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu