काठमाडौं, २५ फागुन । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो । कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ ।
दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका–३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उहाँले बताउनुभयो । घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्