काठमाडौं, ४ पुस । साफ यू- १५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेल नेपालले आज भारतसंग खेल्दैछ । बंगलादेशको ढाकामा आज सम्पन्न हुन लागिरहेको खेलमा नेपालले भारतविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । पहिलो खेलमा आयोजक समेत रहेको बंगलादेश संग नेपाल ६ ० अंकको मतान्तरले पराजित भएको थियो । भारत ३ अंक जोडेर दोस्रो स्थानमा छ । आजको खेल नेपाललाई कठिन हुने आकंलन गरिएको छ ।
दक्षिण एसियाका चार राष्ट्र सहभागि च्याम्पियनसिपको फाइनल चरणमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नै पर्ने दबाब छ । यदि भारतसंग नेपाल पराजित भएमा नेपालको फाइनल चरणमा पुग्ने यात्रा सकिने छ । नेपालको अन्तिम खेल भुटानसंग शुक्रबार रहेको छ ।
प्रतियोगिताको फाइनल खेल पुस ९ गते हुनेछ ।
नेपाल र भारतबिचको खेल दिउसो सवा २ बजेबाट शुरु हुदैछ ।
प्रतिक्रिया दिनुहोस्