ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गेष्ट हाउसमा बोलाएर भिडियो बनाई लाखौ ठगी गर्ने दुई महिला महाशाखाको फन्दामा


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   ८ : ३१   बजे

काठमाडौं, ५ चैत । महानगरीय अपराध महाशाखा काठमाडौंले ‘हनी ट्र्याप’मा पुरुषलाई फसाई रकम असुल्ने दुई जना महिलालाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंको विभिन्न स्थानबाट सुर्खेत जिल्ला विरेन्द्रनगर–१० घर हाल घट्टेकुलो, काठमाडौं बस्ने ३७ वर्षिया लालसरी शाही ‘ललिता’ र कपन बस्ने ३७ वर्षिया कल्पना हमाललाई पक्राउ गरेको महाशाखा प्रमृुख एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

एसएसपी खापुङका अनुसार शाहीले कोटेश्वर बस्ने एक पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाएर सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक लाखौं रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाही र हमालले पटक–पटक गरी लाखौं रकम असुलेपछि पीडितले महाशाखामा उजुरी हालेका थिए । शाही अपहरणकारी रहेको समेत खुलेको छ । राजु धिताललाई अपहरण गरेकी शाही १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी निस्केकी महिला हुन् ।

शाही र हमालले ब्ल्याकमेलिङ गर्नकै लागि भिडियो बनाउने, रकम माग गर्ने र रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनःरकम ठगी गर्दै आएका थिए ।

अनुसन्धानबाट खुल्न आएका कुराहरूः

– लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा सम्मानित बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी सम्मानित उच्च अदालत, बाँकेको फैसलाले २०७४।०८।२२ गते १ लाख धरौटीमा छुटेको ।

– लालसरी शाही र कल्पना हमालले जि।सुर्खेत, विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई निजको विरुद्धमा मिति २०७७।०६।०६ गते ज।ज।क।मुद्दामा जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरी साही उपर सम्मानित सुर्खेत जिल्ला अदालतबाट ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको ।

– लालसरी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको का.जि.का.म.न.पा. ३२ कोटेश्वर बस्ने ५२ वर्षको एक पुरूष ब्यक्तिलाई आफू का।जि।सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरे पश्चातः सो अनुरोध बमोजिम के भएको रहेछ भनि भेट्न जाँदा होटलको कोठामा नै बोलाई कोठामा जानासाथ निज महिलाले उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको समयमा निज महिलाको साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेको र पटक–पटक गरी ३ लाख २ हजार ५ सय लगि सकेको बुझिएको र थप ८ लाख माग गरेकोले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए पश्चातस् यस कार्यालयमा उजुरी दिन आएको ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group