ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले संसदीय दलको बैठक : विधान संशोधन प्रस्ताव पारित, गुटका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने


एबीसी / संवाददाता
७ चैत्र २०७७, शनिबार   ३ : ०८   बजे

काठमाडौँ, ७ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संशोधित् विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

तीन सदस्यीय कार्यदलले तयार पारेको विधान संशोधन प्रस्ताव पारित भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेको संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो । आज बसेको संसदीय दल र संसदीय बोर्ड दुवै बैठकमा खनाल–नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । तर बैठकमा वामदेव गौतम भने सहभागी हुनुभएको छ ।

संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ । लिखित पत्र बोकेर खनाल–नेपाल समूहका सांसदहरु जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनार बालुवाटार पुगेका थिए ।

बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो । यो समूहले आजको बैठक पनि बहिस्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group