ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षदेखि पार्टीमा लागेको खिया हटाइरहेका छौँ : माधव नेपाल


एबीसी / संवाददाता
७ चैत्र २०७७, शनिबार   ६ : २२   बजे

काठमाडौँ, ७ चैत्र । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल-खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो ।

पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो  “तीन बर्षसम्म सबै तिर काई लागेको थियो, खिया लागेको थियो, हामी विस्तारै हटाउँदैछौँ । गन्हाएको थियो मुख । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एअर दिनेछौँ । सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ ।”

यसरी दाँत सफा गरेर आएको वायुलाई उहाँले माक्सवादको विचार भन्नुभएको छ । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिने भन्दै उहाँले त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ​

यस्तै उहाँले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी पनि गर्नुभयो । फैसला गलत भए पनि सर्वोच्च अदालतको फैसला भएकाले असहमती भएर पनि मान्दैनौ भन्न नमिल्ने अवस्था भएको उहाँको भनाइ छ ।

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको दाबी पनि गर्नुभयो ।
आफूहरुले केपी ओलीमा जाने नभएर पूर्व एमालेमा प्रधानमन्त्री केपी ओली पनि आउनुपर्ने र आफू पनि त्यही ठाउँमा पुग्न पर्नेमा उहाँले जोड दिनुभयो ।  यस्तै देशभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, पीडित समुदाय लगायतको राष्ट्रिय भेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu