ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची


एबीसी / संवाददाता
१० चैत्र २०७७, मंगलबार   ९ : १३   बजे

काठमाडौं, १० चैत्र  । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश हुन सक्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअतिरिक्त उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ। सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन ।

बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन् । सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल(नेपाल खेमा र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।

फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।

भावी प्रधानमन्त्रीको सुनिश्चितता हुनेवित्तिकै केपी शर्मा प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा विपक्षी दलहरू रहँदा नेकपा एमालेको ओली खेमा त्यसलाई असफल बनाउने सरकारी रणनीतिमा छ । राजनीतिक गतिरोधकै कारण दर्जनौँ विचाराधीन विधेयक संसदमा छलफलका लागि अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group