काठमाडौं, १९ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एमाले फुटाउन लागि परेको बताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आजबाट सुरु भएको अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताए । उनले एमाले फुटाउन प्रधानमन्त्री ओली आफै लागि परेको आरोप लगाउनु भएको हो । नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लगेको बताउँदै आफुहरुले फार्टी पनि नफुटाउने र ओली प्रविर्ती विरुद्धको मैदान पनि नछाड्ने समेत उहाँले बताउनुभयो । केपी ओलीमा कम्युनिस्ट चरित्र नभएको दोहोर्याउँदै नेता नेपालले ओलीले सुरुदेखि नै पार्टी भित्र गुटका राजनीति गरेको बताउनुभयो ।
उहाँले ओलीले आफूलाई ‘कमरेड’ भन्दा ‘बा’ भन्ने रुचाउने गरेको समेत बताउनुभयो । वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजकता र स्वेच्छाचारिता विरुद्ध अन्तसम्म लड्ने प्रतिवद्धता जनाउनुभयो । वरिष्ठ नेता नेपालले ओलीको स्वेच्छाचारिताले कम्युनिष्ट आनदोलनलाई बिसर्जन गर्न लागेको बताउदै उहाँले ओलीले आफुहरुमाथि स्पष्टीकरणको नाटक गरेर कानुनी कारवाही गर्न खोजेपनि उनमाथि राजनीतिक रुपमा विजय हासिल गरेरै छोड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
नेपालले ओलीको स्पष्टकरणबाट अलिकति पनि विचलित नभएको जनाउँदै नेता कार्यकर्ता र युवा विद्यार्थीलाई उच्च मनोवलका साथ सत्य र न्यायको पक्षमा उभिँदै कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभयो । नेपालले केपी ओली हिटलरको नेपाली अवतार भएको गम्भीर आरोप समेत लगाउनुभयो । ओलीले पार्टीमा एकाधिकार गर्न खोजेको जिकिर गर्दै उहाँले भन्नुभयो , ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’
नेता नेपालले असली एमाले र जबजका हिमायती आफुहरु भएको जिकिर गर्नुभयो । ओलीले भ्रम छरेर जबजको जप गरे पनि उहाँ कहिल्यै जबजको पक्षधर नभएको नेपाललको भनाइ थियो । उहाँ भन्नुभयो , ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’
प्रतिक्रिया दिनुहोस्