ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब माथि


एबीसी / संवाददाता
११ चैत्र २०७७, बुधबार   ४ : ५४   बजे

काठमाडौ, चैत ११ । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ८ महिनाको अवधिमा ८१ लाख ८७ हजार ९ सय ६८ वटा बीमा पोलिसी जारी गरि ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार फागुण मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन ९नेपाल० रहेको छ । कम्पनीले यस अवधिसम्ममा १० अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ७ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५२ करोड रुपैयाँ, यूनियन लाइफले ४ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ९६ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, गुँरास लाइफले २ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६१ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ४१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब २६ करोड रुपैयाँ, प्रभु लाइफले ८९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu