ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई माधवकुमार नेपालको स्पष्टीकरण-तपाईं नै हो, प्रचण्डको मतियार (पूर्णपाठसहित)


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   ८ : २५   बजे

काठमाडौं, १२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफसहित प्रतिप्रश्न गर्नुभएको छ । अध्यक्ष ओलीको निर्देशनमा पार्टी कार्यालयले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेपाल माधवकुमार नेपालले ओलीमा अहङ्कार भरिँदै गएको र पहिले नेकपा तथा अहिले एमाले फुटाउन लागिपरेको आरोप लगाउनुभएको छ ।

देशको संविधान नै मिच्ने ओलीलाई पार्टीका विधान मिच्नु सामान्य जस्तै भएको आरोप लगाउँदै नेता नेपालले नवौँ महाधिवेशनबाट निर्वाचित भइ आएका पदाधिकारी हटाएर मनलाग्दी नयाँ केन्द्रीय सदस्य थप्ने अधिकार कहाँबाट पाउनुभयो रु भनेर सोध्नुभएको छ ।

आफूलाई ओलीले प्रचण्डको मतियार बनेको भन्दै स्पष्टीकरण सोधिएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई नै प्रचण्डको मतियार किन नभन्ने रु भनेर प्रश्न गर्नुभएको छ । नेपालले सोध्नुभएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विधान र नीति विपरीत तपाईँले त्यस प्रकार अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईँ स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईँको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने रु यदि तपाईँको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र रु तर यस्तो दृष्टिकोण ममा छैन ।’

नेता नेपालले प्रचण्डले नेकपाको बैठक बोलाउँदा पार्टी फुटाउने धम्की दिएर गएको साउनरभदौतिरै ओलीले पार्टी फुटाउन खोजेको पनि आरोप लगाउनुभएको छ । पार्टीका बैठकमा भएका निर्णय कार्यान्वयन गर्नुको साटो कात्तिक महिनाको सुरुमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई रातारात बालुवाटारमा भेटेकोमा पनि नेता नेपालले आपत्ति जनाउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu