काठमाडौं, १३ चैत्र । एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दैछ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
माधवकुमार नेपाल समूहले पनि छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । ओलीले संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।यस्तै, माधव नेपाल समूहले बिहान ११ बजे कलङ्कीमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्