ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम नाकामा भारत फर्कनेको लर्को, घर फर्किने ११ जनालाई सङ्क्रमण


एबीसी / संवाददाता
१३ चैत्र २०७७, शुक्रबार   १ : ४९   बजे

डोटी,  १३ चैत ।  पछिल्लो समय कामका लागि भारत गएकाहरु धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका घर फर्किन थालेका हुन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि पनि त्रासले केही घर फर्किन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएकामध्ये ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजगारी छोडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण फेरि कोरोनाको जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरको गड्डाचौँकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट फर्किनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकामा क्वरेण्टीन बनाउन तयारी थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । सिमानाकामा घर फर्किनेको लर्को लागेकाले सावधानी अपाउनुका साथै, स्वास्थ्य जाँचमा पनि ध्यान दिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली फर्किने गरेका छन्।

प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट पछिल्लो दश दिनमा आठ हजारभन्दा धेरै नेपाली भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ । तर,भारतबाट स्वदेश फर्किने धेरैको सीमानाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिमानाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिदैन सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँच सम्बन्धी कुनै परिक्षण नहुँदा समस्या भएको छ ।”

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित पालिकालार्ई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu