काठमाडौं, १३ चैत्र । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने हुनुभएको छ । दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बजे दलको बैठक बालुवाटार बोलाउनु भएको छ । उक्त बैठकमा नेपाल र रावलबाहेक यो समूहका सबै सांसदहरु सहभागी हुने निर्णय गरेको एक सांसदले जानकारी दिनुभयो । ‘माधव कमरेड र भीम रावल कमरेडले नजाने कुरा गर्नुभयो । वरिष्ठ नेता झलनाथ खनालसहित अरु सबै सांसद बालुवाटारमा बोलाईएको दलको बैठकमा सभागि हुदैंछौं,’ सांसदले भन्नुभयो । शुक्रबार नै खनाल–नेपालसमूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । उक्त बैठकमा नेता नेपालले पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्