काठमाडौं, १९ चैत्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरुको १७ औं बैठक अहिले बसिरहेको छ ।भर्चुअल माध्यमबाट भैरहेको बैठकमा म्यानमारका विदेशमन्त्री उन्ना मुङ ल्वीन पनि सहभागि हुनुभएको छ । बर्मेली सेनाबाट गत महिनामात्र विदेश मन्त्रीमा नियुक्त भएका ल्वीन सहभागि हुनेबारे प्रष्ट थिएन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको छ। भारतीय विदेशमन्त्री एसजयशंकर पनि सहभागि रहनुभएको छ। वर्तमान अध्यक्ष राष्ट्र श्रीलंकाले आयोजना गरेको बैठकमा कनेक्टिभिटी, व्यापार, चार्टर लगायतका विषयमा छलफल हुने जनाइएको छ । तर, म्यानमारको पछिल्लो राजनीतिक संकटबाट छलफल हुने सम्भावना न्यून छ । बैठकपछि बिमस्टेकको तर्फबाट संयुक्त वक्तव्य जारी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्