काठमाडौँ,बैशाख ५ । चालु आर्थिक वर्षको नौ महिनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ३० गैँडा मरेको पाइएको छ । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा शिकारीले मारेका हुन् ।
गत वैशाख १ गते गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।
सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्