ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयात ८ प्रतिशतले बढ्दा निर्यातमा २५ प्रतिशत वृद्धि


एबीसी / संवाददाता
५ बैशाख २०७८, आइतबार   १ : ०३   बजे

काठमाडौं, बैशाख ५। वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । यो गत आव २०७६/७७ को समीक्षा अवधिमा आयातित वस्तुको मूल्यको तुलनामा २७ अर्ब रुपैयाँले बढी हो ।

गत आवको चैत मसान्तसम्ममा यो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । यो वर्ष वीरगञ्ज नाकाबाट मुख्यतः इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ, सवारीसाधनका पाटपूर्जा, ब्याट्रीलगायत वस्तु भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।

निर्याततर्फ भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागोजस्ता वस्तुको निर्यात भएको छ । सो अवधिमा उक्त नाकाबाट ३१ अर्ब ७६ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको छ । स्वदेशी उद्योगले अघिल्लो वर्षको चैत मसान्तसम्म २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात गरेको भन्सारको तथ्यांक छ । यस वर्षको निकासी व्यापार गतवर्षको समीक्षा अवधिभन्दा ६ अर्ब ३१ करोड रुपैयाँले बढी हो ।

सुध्रिँदै राजस्व
उद्योग व्यवसाय कोरोना महामारीको असरबाट तंग्रिन थालेसँगै वीरगञ्जबाट आयात निर्यात कारोबार पनि बढेको छ । आवको शुरुआतमा खस्किएको व्यापार पछिल्लो समयमा सुधारिएपछि त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा देखिएको सूचना अधिकृत गुप्ताले बताए ।

वीरगञ्ज भन्सारले चैतसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा ७ प्रतिशत बढी हो । वीरगञ्ज भन्सारलाई यो अवधिका लागि १ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu