ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्सनलका स्ट्राइकर एलेक्सलाई क्लब भित्र्याउन म्यानचेस्टर सिटी अझै इच्छुक


admin
७ पुस २०७४, शुक्रबार   १२ : २०   बजे

काठमाडौं, ७ पुस । म्यानचेस्टर सिटी आर्सनलका स्ट्राइकर एलेक्स सान्चेजलाई क्लब भित्र्याउन अझै इच्छुक रहेको छ ।

तर यो प्रक्रिया आउँदो जनवरी विन्डोमा भने नहुने देखिएको छ । यो सिजनको सुरुको ग्रिष्म ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटी सान्चेजलाई अनुबन्ध गर्न विन्डोको अन्तिम दिन तयार भएको थियो । तर त्यसबेला आर्सनल सान्चेजको ठाउँमा आउने खेलाडी टुंग्याउन नसक्दा अनुबन्ध प्रयास असफल भएको थियो । आर्सनलले मोनाकोका थोमस लेमारलाई ल्याउन प्रयास गरेको थियो । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले आउँदो १८ महिनामा गर्न सकिने खेलाडी अनुबन्ध र त्यसका लागि आफ्नो प्राथमिकताका बारेमा छलफल गरेका छन् । त्यस क्रममा सिटी अझै पनि सान्चेजलाई भित्र्याउन इच्छुक रहेको देखिएको हो । जनवरीमै सान्चेज सिटी जाने खबर आइरहेका छन् । आर्सनलले पनि सान्चेजलाई क्लबमा राखिरहनु घातक हुन सक्ने भन्दै आउँदो महिना नै सिटीसंग अनुबन्ध सम्झौता गर्ने तयारी गरेको छ । तर त्यसका लागि सिटीले नभइ ग्रिष्म विन्डोसम्म पर्खिने तयारी गरेको बुझिएको छ । किनकी सान्चेजलाई सिजनको बिचमा ल्याउँदा क्लबभित्र विवाद हुन सक्ने प्रशिक्षक गार्डिवलाले देखेका छन् । सिटी र आर्सनल सान्चेजको विषयमा सहमत भएका थिए, तर त्यसका लागि आर्सनलले सान्चेजको ठाउँमा आउने खेलाडी टुंगो लाग्नुपर्ने अवस्था राखेको थियो । आर्सनल थोमस लेमारलाई अनुबन्ध गर्न असफल भएपछि बार्सिलोनाका पूर्व खेलाडी सान्चेजको म्यानचेस्टर सिटी यात्रा रोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group