धादिङ, ६ पुस । धादिङ गल्छी गाउँपालिका वडा नंं ५ सिर्वानीमा ग्यास सिलिन्डर विष्फोट हुदा एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । ग्यास उद्योगले बजारमा ल्याएको नमस्ते ग्यासको पुरानो सिलिण्डर प्रयोग गर्न घर लगेका सिर्वानीका स्थानिय बासिन्दा बाबुराम तिमल्सिनाको घरमा बेलुका ग्यास विष्फोट भएको हो ।
घरधनी तिमल्सिनाले क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ ।
घरका मानिस बाहिर भएका कारण मानविय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताउनुभयो ।
गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्