ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालमा १० वर्षदेखि रोकिएको बायोब्सी र नँया एलबीसी परिक्षण सुरु


admin
७ पुस २०७४, शुक्रबार   २ : १९   बजे

चितवन, ७ पुस ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ ।

बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने गर्छ ।

अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ ।

शल्यक्रिया कक्षबाट परीक्षणका लागि पठाइएको मासुलाई माइनस २० डिग्रीमा चिसो बनाएर कडा पारिन्छ । श्रेष्ठले भन्नुभयो, “त्यस्तो मासुलाई परीक्षण गरी क्यान्सर भए÷नभएको हेरिन्छ । जसले गर्दा मासुको कति भाग काटेर फाल्ने भन्ने जानकारी लिन शल्यक्रिया गर्दै गरेको चिकित्सकलाई सहज हुन्छ ।” ३० देखि ४५ मिनेटभित्र नमूना परीक्षणको नतिजा शल्यक्रिया गरिरहेको चिकित्सकलाई दिइने उहाँले बताउनुभयो ।

शल्यक्रिया गर्दै गरेको बिरामीमा क्यान्सर नपाइएमा जे समस्या हो त्यसको मात्र शल्यक्रिया गरिन्छ भने क्यान्सर देखिएमा क्यान्सरले छोएको सबै र केही परसम्मको मासुको भाग काटेर फालिन्छ । अस्पतालको स्थापनासँगै केही वर्ष यो परीक्षण गरिएको भए पनि पछि उपकरण बिग्रिएपछि १० वर्षदेखि यो परीक्षण रोकिएको थियो ।

यसैगरी अस्पतालले उच्च प्रविधिबाट पाठेघरको पानीको परीक्षण (एलबीसी) पनि थालेको छ । डा श्रेष्ठका अनुसार यो प्रविधिले पाठेघरको मुखमा क्यान्सर भए÷नभएको सहजै पत्ता लाग्ने गर्छ ।

सामान्य प्रविधिबाट पाठेघरको मुखको पानी परीक्षण गर्दा पानीमा रगतको मात्रा मिसिएर तन्तु प्रष्ट नदेखिने भए पनि उच्च प्रविधिबाट परीक्षण गर्दा रगत हटेर तन्तुहरु प्रष्ट देखिने गर्छन् । यसअघि सामान्य परीक्षणमा रगतले तन्तु ढाकेर नतिजा उल्टो आउने समस्या आएको भए पनि अहिले यस्तो समस्या हटेर गएको उहाँले बताउनुभयो ।

अस्पतालमा प्रसूतिको बहिरङ्ग सेवा भएका दिन २० जना हाराहारीको परीक्षण हुने उहाँले बताउनुभयो । हप्तामा तीन दिन प्रसूति बहिरङ्ग सेवा हुादै आएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालमा नर्बेजियन परियोजनाले उपलब्ध गराएको तर थन्किएर बसेको उपकरणलाई प्रयोगमा ल्याएसँगै १० वर्षदेखि हुन नसकेको फ्रोजन वायोब्सी सेवा शुरु गरिएको बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर परीक्षण भरपर्दो बनाउन अस्पतालको आफ्नै स्रोत साधन परिचालन गरी एलबिसी परीक्षण थालिएको उहाँले बताउनुभयो । सरकारी तबरबाट यी दुवै सेवा भरपर्दोरुपमा आफूहरुले मात्र उपलब्ध गराएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group