ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा राइनोज किङ्स इलेभेनलाई पराजित गर्दै विजयी


admin
७ पुस २०७४, शुक्रबार   ३ : ५९   बजे

काठमाडौँ, ७ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो ।

यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो । यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो ।

पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए ।

यता काठमाडौँका लागि भने शुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वाधिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

पोखराका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान दुई÷दुई विकेट लिए भने ताज वाली र इसरारुलाहले समान एक÷एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group