ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना नियन्त्रण बाहिर : एकैदिन करिव साढे तीन लाख जना संक्रमित , २७६१ को मृत्यु


एबीसी / संवाददाता
१२ बैशाख २०७८, आइतबार   ६ : ३७   बजे

काठमाडौँ, १२ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि शनिबार ९हिजो० वैशाख ११ मा भारतमा दोस्रो धेरै घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतमा कोरोना महामारी दिनदिनै बढिरहेको छ भने ज्यान गुमाउनेहरु पनि बढिरहेका छन् । कोरोनाका गम्भीर बिरामी बढेसँगै दिल्ली, महाराष्ट्रलगायत राज्यका अस्पताल भरिभराउ हुन थालेका छन् । बिरामीले शैया पाउन लामो समयसम्म पर्खनु पर्ने अवस्था छ । यस्तै, बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । यस्तै, जोखिम बढेपछि आन्ध्र प्रदेशमा आजदेखि रात्रिकालीन कर्फ्यु लागु हुने भएको छ । आन्ध्र प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu