ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमती अर्कै पुरुषसँग गाडीमा सुतेको देखेपछि श्रीमानले गाडीमै बम पड्काइदिए


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   ८ : ५२   बजे

काठमाडौँ, १९ वैशाख ।   आफ्नी श्रीमतीलाई पिक अप गाडीमा अर्कै पुरुषसँग सुतेको देखेपछि एक श्रीमानले पेट्रोल बम हानेर गाडी नै उडाइदिएर उनीहरुसँग बदला लिएका छन् । त्यहाँको सिसिटिभी फुटेजमा बम हानेपछि ती श्रीमान भाग्दै गरेको देख्न समिने समाचारमा जनाइएको छ । थाइल्याण्डमा भएको घटनामा ती व्यक्तिले मोलोतोभ ककटेलको बम बनाएर गाडी उडाइदिएका थिए ।पुलिसले ती आरोपी निवात चाङकायो भएको बताएको छ । उनले आफ्नी पत्नीको पिकअप गाडी एक पेट्रोल स्टेशनमा देखेका थिए र उनलाई अर्कै पुरुषसँग देखेपछि उनको रिसको पारो तातेको थियो ।

निवात त्यसपछि घरेलु बम लिएर आए र त्यो बम गाडीमा पड्काइदिए जहाँ उनकी श्रीमती र अर्का पुरुष सुतिरहेका थिए । सिसिटिभी फुटेजमा गाडी तत्कालै आगोको लप्काले घेरिएको र रातो कपडा लगाएका एक व्यक्ति भागिरहेको देख्न सकिन्छ । द सनको रिपोर्ट अनुसार विष्फोटपछि ती महिला २६ वर्षकी पत्तारापोन्ड कोंगसिडी र अर्का पुरुष सामान्य जलेको चोटसहित भाग्न सफल भएका छन् । उनका अनुसार आफ्ना नयाँ प्रेमीसँग फलफुल डेलीभरी गर्न जाने क्रममा उनीहरु त्यहाँ रोकेर आराम गर्दै थिए । उनले भनिन् ‘ऊ मेरो पूर्वपति हो । हाम्रो एक सन्तान छ । तर, उसले ड्रग्सको कारोबार गर्ने थाहा पाएपछि मैले उसलाई छोड्नुपर्यो ।’

पक्राउ परेका निवातले आफ्नो अपराध स्वीकार गरेका छन् । उनका अनुसार उनले पत्नीलाई त्यसरी अरुसँग देखेपछि उनलाई निकै नराम्रो लागेको थियो र पत्नी पनि उनको पैसा लिएर भागेकी थिइन् । निवातले स्थानीय मिडियालाई बताएअनुसार उनी लुकिरहेका थिएनन् बरु पक्राउ गर्न आउने पुलिसलाई कुरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu