ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा ह्यारी केनको कीर्तिमानी प्रदर्शन


admin
९ पुस २०७४, आइतबार   १२ : ३७   बजे

काठमाडौं, ९ पुस । ह्यारी केनको कीर्तिमानी प्रदर्शनसंगै टोटनह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनाको टिम टोटनह्यामले बर्नलीलाई ३–० ले हराएको हो र तीनै गोल केनले गरेका हुन् । सातौं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याड्रिकसंगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसंग बराबरी गरेका छन् । शिएररले २२ वर्षअघि सन् १९९५ मा एक वर्षमा प्रिमियर लिगमा ३६ गोल गरेर कीर्तिमान बनाएका थिए । केनले बर्नलीसंगको खेलमा गरेको गोल प्रिमियर लिगमा सन् २०१७ मा गरेको उनको ३४ औं, ३५ औं र ३६ औं गोल हो । केनको उत्कृष्ट प्रदर्शनसंगै जित निकालेको टोटनह्याम अंक तालिकाको पाँचौं स्थानमा पनि उक्लिएको छ । टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ । बर्नली ३२ अंकसहित सातौं स्थानमा छ । खेलपछि बर्नलीका प्रशिक्षक शन डिचले केनले टोटनह्यामलाई राम्रोबाट वास्तवमै राम्रो टिम बनाएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group