काठमाडौं, २४ बैशाख । गुल्मी बलेटक्सारका बुद्ध गन्धर्व र प्युठानका कर्ण गन्धर्व यति बेला राजधानीमा सारङगी रेटेर ११ जनाको परिवार धान्नको घर दैलोमा पुग्न थालेका छन् । निषेधाज्ञा सुरु भएस“गै सार्वजनिक बस चल्न छाडेकाले उनीहरु घरघरमा पुगेरै भएपनि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका गीत गाउन थालेका हुन । राजधानीको थानकोटमा यी गन्र्धवले बसमा गीत सुनाएरै जीवनयापन गरेको बताउ“छन् । केही वर्ष पहिला मुलुकको राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप,महामारी तथा संकटको समयमा घरगाँमै पुगेर सारङगी रेटेर विरहका गित गाउने गर्र्थे । अहिले भने प्रविधिको विकाससगै समय परिर्वतन भएपनि कोरोनाको महामारीमा जनसचेतनामुलक गित गाउ“दै घर दैलोमा पुग्न थालेका हुन ।
प्रतिक्रिया दिनुहोस्