काठमाडौं, २४ बैशाख। सिन्धुली अस्पतालमा शुक्रबार कोरोना भाइरस सङक्रमणबाट एक जना आठ बर्षिय बालकको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ निवासी आठ बर्षिय बालकको उपचारको क्रममा मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ ।सिन्धुली अस्पताल कोभिड १९ फोकल पर्सन डा। सागर देवकोटाका अनुसार आठ बर्षिय ती बालकको जम्मा तौल दश केजी मात्रै भएपछि अभिभावकले करिब एक साता अघि उक्त अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।अस्पतालले बैशाख २१ गते ती बालकको स्वाब सङकलन गरि पिसिआर परिक्षण गर्न पठाएकोमा शुक्रबार बिहान कोरोना सङक्रमण पोजेटिभको रिपोर्ट आएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्