ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँची समाज जापानद्वारा अस्पताललाई ५ थान अक्सीजन मेसिन हस्तान्तरण


इन्दिरा खनाल
३१ बैशाख २०७८, शुक्रबार   ५ : ०५   बजे

टोकियो, ३१ बैशाख । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।

कोरोना महामारीका कारण अन्तराष्ट्रीय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागी अस्पताललाई जिम्मा दिईएको थियो । समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले जिल्लाबासीले अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सहयोग गर्नु दायित्व भएको बताउनुभयो । उहाँले अभियानमा सहयोग गर्ने जापानबासी नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अभियान बाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष असोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

रकम पठाएको छोटो समयमै ३ वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा। कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो । अक्सीजन सिलिन्डर जस्तो भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group