ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु


एबीसी / संवाददाता
२ जेष्ठ २०७८, आइतबार   ५ : १६   बजे

काठमाडौं, २ जेठ ।  कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोप केन्द्रहरु मार्फत् खोप लगाउन शुरु गरिएको हो । भेरोसेल खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । शाक्यले सहज रुपमा खोप लगाउन पाउने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दुरी कायम गरी खोप लगाउन आग्रह गर्नुभयो । उहाँले खोप लगाईसकेपछि कुनै समस्या आएमा स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य निर्देशक हरी कुँवरले भेरोसेल खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि ११ गतेसम्म लगाईने बतानुभयो । उहाँले फागुन २५ देखि बैशाख १५ गतेभित्र भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आफ्नो नजिकको केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो । निषेधाज्ञाको समयमा खोप कार्ड मार्फत आवत् जावत् गर्न सकिने व्यवस्था मिलाईएको छ । पहिलो मात्रा लगाएको भएपनि कोरोना संक्रमित भएको ३० दिनभित्र भने खोप लगाउन नमिल्ने उहाँले बताउनुभयो ।

काठमाडौं महानरपालिकाले तोकेको ३२ वटा खोप केन्द्रहरुमा नन्दीरात्री स्कुल नक्साल, २ नं. वडा कार्यालय, ३ नं. वडा कार्यालय महाराजगञ्ज, विशाल मिलन केन्द्र चण्डोल, ५ नं. वडा कार्यालय परिसर हाँडीगाउ, महेन्द्र बौद्ध उच्च मा.वि., पुरानो हिमालय विद्यामन्दिर हालको युरो किंगडम रातोपुल, ८ नं. वडा कार्यालय, गुह्येश्वरी मा.बि., डोनाल्ड रेष्टुरेन्ट बानेश्वर रहेका छन् । त्यस्तै, विश्व निकेतन स्कुल, बुद्धमाई सेन्टर टेकु, जनप्रभात मा.वि. कालिमाटी, १४ नं. वडा कार्यालय भुवनेश्वरी मन्दिर चौर, भुईखेल चौर स्वयम्भु, जुडो हल नयाँबानेश्वर, पब्लिक युथ क्याम्पस, पुष्पलाल पार्क, सामुदायिक शहरी स्वास्थ्य क्लिनिक १९ वडा परिसर, शान्तिकुञ्ज स्कुल र सामुदायिक शहरी स्वास्थ्य क्लिनिक २१ वडा यंगाललाई खोप केन्द्र तोकिएको छ । बाँकी खोप केन्द्रहरुमा टेवहाल वडा कार्यालय, नवआदर्श स्कुल बसन्तपुर, इतुमबहाल तारणी वहाल, कन्यामन्दिर स्कुल, वडा परिसर लैनचौर, महावौद्ध चोक, २८ नं. वडा कार्यालय, विजय स्मारक स्कुल, ज्ञानेश्वर चोक, भिमसेनगोला स्कुल र ३२ नं. वडा कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu