काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सारा बेयसोलो न्यान्तीबीच भेटवार्ता भएको छ। आइतबार संयोजक न्यान्तीले आफ्नो आधिकारिक ट्विटरमार्फत् भेटको बताउनुभयो । भेटका क्रममा प्रधानमन्त्रीले नेपाललाई कोरोना भाइरसविरूद्धको खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताउनभयो। जवाफमा न्यान्तीले संयुक्त राष्ट्र संघ नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताको सामाजिक सुरक्षाको आवश्यकतामा जोड दिनुभयो, युएन नेपाल सहयोग गर्न तयार छ,ु न्यान्तीले आफ्नो ट्विटरमा लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्