ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना नियन्त्रण तर्फ : पछिल्लो २४ घण्टामा २ लाख ८१ हजारमा संक्रमण


एबीसी / संवाददाता
३ जेष्ठ २०७८, सोमबार   ६ : २४   बजे

काठमाडौं, ३ जेठ । भारतमाको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउन गर्नुअघि दिल्लीमा सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा अहिले झरेर १० दशमलव चार प्रतिशतमा झरेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर भारतमा कोरोनाको जोखिम भने टरिसकेको छैन । अझै सङ्क्रमण फैलने क्रम जारी छ । यसअघि कोरोनाले अत्यासलाग्दो अवस्था बनाएको भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ८१ हजार आठ सय ६० जना नयाँ सङ्क्रमित थपिए ।

कोरोना चरम उत्कर्षमा पुगेका बेला भारतमा दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । हालसम्म भारतमा दुई करोड ४९ लाख ६४ हजार नौ सय २५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

भारतमा दैनिक भेटिने नयाँ बिरामीको सङ्ख्या विश्वमा थपिएका सङ्क्रमितको आधाभन्दा बढी हुने गरेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहे पनि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने घट्न सकिरहेको छैन ।

दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । भारतमा एकै दिन चार हजार ९२ सङ्क्रमितको मृत्यु भयो ।हालसम्म कोरोनाका कारण दुई लाख ७४ हजार चार सय ११ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ११ लाख ६७ हजार छ सय नौ जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३५ लाख २२ हजार नौ सय पाँच जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । कोरोनाले छिमेकी मुलुकलाई नराम्ररी असर गरिरहँदा त्यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ ।

नेपालमा दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै जानुको मुख्य कारण भारतसँगको खुल्ला सीमालाई मानिएको छ । मानिस तथा सवारी साधन आवतजावत मै रोक लगाएर दुई देशीय सीमा नाका शिल गरिएको भए पनि भारतबाट हुने अवैध आवतजावत नरोकिँदा कोरोना कहरमा नेपाल पनि पिल्सिन पुगेको विज्ञको भनाइ छ ।भारतबाट आवतजावत गर्नका लागि सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ । विभिन्न काम परेर भारत गएकाले नेपाल आउन चाहेमा प्रवेश गर्न निश्चित नाका तोकिएको छ । नाकाबाट एन्टिजेन परीक्षण गरेर कोरोना भए वा नभएको पुष्टि भएपछि र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि मात्रै नेपाल आउने पाइने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu