ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण


एबीसी / संवाददाता
३ जेष्ठ २०७८, सोमबार   ११ : ५४   बजे

काठमाडौं, ३ जेठ ।  विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।
कसरी लिने सेवा

सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ ।

यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ ।

भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ । आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu