काठमाडौं, ३ जेठ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।
यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उहाँको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।
रेडियो हापुरेमा कार्यरत उहाँले गतहप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।
जिल्लाका एक सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्र्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्