ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा सङ्क्रमण घट्दै, भारतमा मृत्यु बढ्दै


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   ६ : ५१   बजे

काठमाडौं, ५ जेठ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गइरहेको छ । तर कोरोनाकै कारण हुने मृत्युको दर भने उकालो लागिरहेको छ ।पछिल्लो २४ घण्टामा पाँच लाख ९७ हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित थपिए । विश्वमा सङ्क्रमित सङ्ख्या १६ करोड ४८ लाख ६९ हजार सात सय १५ पुगेको छ ।

सङ्क्रमितमध्ये १४ करोड ५० लाख सात हजार ८१ जना उपचारपछि निको भएका छन् । एक करोड ६४ लाख ४५ हजार १६ जनाको उपचार भइरहेकोमा एक लाख आठ सय ६२ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा दैनिक कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने बढिरहेको छ । एकै दिन १३ हजार तीन सय ९५ जनाको मृत्यु भयो । अघिल्लो दिन १० हजार दुई सय २१ जनाको मृत्यु भएको थियो ।

अघिल्लो दिनको भन्दा तीन हजार बढी सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख १७ हजार छ सय १८ पुगेको छ ।सङ्ख्यात्मक हिसाबमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन २५ हजार आठ सय ५१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३७ लाख ७३ हजार दुई सय ९० पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७२ लाख ४७ हजार दुई सय छ जना उपचारपछि निको भएका छन् । ५९ जना २४ हजार सात सय ८२ जनाको उपचार भइरहेकोमा सात हजार सात सय ५१ जनाको अवस्था गम्भीर छ ।अमेरिकामा पछिल्लो २४ घण्टाभित्र सात सय चार जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म छ लाख एक हजार तीन सय दुई जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ६७ हजार एक सय ७४ जनामा सङ्क्रमण पुष्टि भयो । हालसम्म दुई करोड ५४ लाख ९५ हजार एक सय ४४ जनामा कोरोना देखिएको छ ।सङ्क्रमितमध्ये दुई करोड १९ लाख ७९ हजार सात सय तीन जना निको भएका छन् । ३२ लाख ३२ हजार एक सय ६५ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।भारतमा २४ घण्टाभित्र चार हजार पाँच सय २५ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण दुई लाख ८३ हजार दुई सय ७६ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ७४ हजार तीन सय ७९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ५७ लाख ३५ हजार चार सय ८४ पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४२ लाख ४७ हजार छ सय नौ जना उपचारपछि कोरोनामुक्त भएका छन् । १० लाख ४८ हजार चार सय ९७ जना कोरोनामुक्त हुने प्रयासमा छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।ब्राजिलमा २४ घण्टाभित्र दुई हजार पाँच सय १७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण चार लाख ३९ हजार तीन सय ७९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu