काठमाडौं, ६ जेठ । नारायण नगरपालिका स्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयको एसएलसी ब्याच २०६० का विद्यार्थीहरुले जिल्ला अस्पताल दैलेखलाई स्वास्थ्य उपकरण प्रदान गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विद्यार्थीहरुले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान आज स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका प्राचार्य निरक तारामी मार्फत उक्त सामाग्री सहयोग हस्तारन्तरण गरिएको हो ।
त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्यायन गरी २०६० सालमा एलएलसी दिएका विद्यार्थीहरुले ब्यक्तिगत रुपमा रकम जम्मा गरी स्वास्थ्य सामाग्री सहयोग गरेको मेनका शर्माले बताउनुभयो । उहाँले सामाजिक संजालमा जोडिएर ५३ जना विद्यार्थीहरुले अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य उपकरण सहयोग गरेको बताउनुभयो ।
२०६० मा दैलेखबाट एसएलसी दिएका विद्यार्थीहरु यतिवेला कर्मथलोको रुपमा विभिन्न जिल्लामा रहनु भएको छ । बिभिन्न ठाउँमा रहेका साथीहरु फेसबुकमा ग्रुप बनाएर रकम संकलनगरी करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्