ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर १६ करोड ७० लाखभन्दा बढीमा कोरोना पुष्टि : १४ करोड ७९ लाखभन्दा धेरै निको


एबीसी / संवाददाता
९ जेष्ठ २०७८, आइतबार   ७ : २६   बजे

काठमाडौं, ९ जेठ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५५ लाखभन्दा धेरै रहेको छ । १६ करोड ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भइसक्दा १४ करोड ७९ लाखभन्दा धेरै निको भइसके । ३४ लाख ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म एक करोड ५५ लाख ७६ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित रहेका हुन् । सक्रिय सङ्क्रमित उपचाररत अवस्थामा छन् । उपचार गराइरहेकामध्ये ९७ हजार छ सय ३० जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा पाँच लाख ५८ हजार २५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ७० लाख २३ हजार छ सय ६४ पुगेको छ ।सङ्क्रमितमध्ये १४ करोड ७९ लाख ७९ हजार चार सय एक जनाको उपचार सम्भव भएको हो । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन विश्वमा १० जार तीन सय ८१ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ३४ लाख ६७ हजार आठ सय ८१ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ५८ लाख सात हजार दुई सय २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचार गराइरहेका उनीहरुमध्ये सात हजार दुई सय ३५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १७ हजार आठ सय ५८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३८ लाख ८० हजार पाँच सय ५२ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ६९ हजार छ सय ६९ जना उपचारपछि निको भएका छन् । ५८ लाख सात हजार दुई सय २१ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ ।

एकै दिन अमेरिकामा चार सय ५४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख तीन हजार आठ सय ६२ पुगेको छ ।छिमेकी मुलुक भारतमा उपचाररत सक्रिय सङ्क्रमितको सङ्ख्या २८ लाख ११ हजार २७ रहेको छ । तीमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन भारतमा दुई लाख ४३ हजार सात सय ७७ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमितको सङ्ख्या दुई करोड ६५ लाख २८ हजार आठ सय ४६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३४ लाख १८ हजार पाँच सय २३ जना उपचारपछि निको भएका छन् ।एकै दिन भारतमा तीन हजार सात सय ८८ जनाको मृत्यु कोरोनाका कारण भयो । अन्य मुलुकभन्दा भारतमा २४ घण्टाभित्रमा अत्याधिक धेरै सङ्क्रमितको मृत्यु भएको हो ।

भारतमा हालसम्म मृत्यु सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार दुई सय ९६ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा ११ लाख ३६ हजार सात सय १६ सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

एकै दिन ७१ हजार दुई सय ८३ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६० लाख ४७ हजार चार सय ३९ पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४४ लाख ६२ हजार चार सय ३२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार सात सय ६४ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ४८ हजार दुई सय ९१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu