ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाली युवा सहयोग जुटाउँदै 


एबीसी / संवाददाता
१२ जेष्ठ २०७८, बुधबार   ६ : २७   बजे
डोल्पा, १२ जेठ
विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् ।
जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले शुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान थाल्नुभएको हो । आधारभुत स्वास्थ्य सुविधामा पछि परेका दुर्गम डोल्पामा सङ्क्रमित नागरिक जोगाउन पूर्व तयारी स्वरुप हेल्पिङ् ह्याण्डमार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो । एकसाताबाट थालिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगद रकम सङ्कलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिनुभयो ।
 उहाँका अनुसार सङ्कलित रकममध्ये छ लाखबाट अक्सिजन सिलिण्डर, औषधि, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गरिएको छ । त्यसमा स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामग्री खरिद भएको र अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना रहेको जनाइएको छ ।
सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम सङ्कलन गरिएको छ । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, युवा समाजसेवी ओमेन्द्र केसी, पत्रकार टेकबहादुर शाही, समाजसेवी युवा योगेन्द्र बुढा लगायतले यो अभियान थाल्नुभएको हो ।
सङ्कलित रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो । कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ । —

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group