काठमाडौं, १३ जेठ । सुनसरीको धरानमा प्रहरी चौकीभित्र खुकुरी हानाहान भएको छ । धरान १५ मा रहेको अस्थायी प्रहरी चौकीभित्र स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा प्रहरी इन्चार्ज घाइते भएका छन् ।बिहीबार साँझ आन्तरिक विवाद भएपछि रिपोर्ट लेखाउन प्रहरी चौकी आएको एक समूहमाथि पछि–पछि आएको अर्को समूहले हमला गरेको सुनसरी प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार दुई समूहबीच आजै दिउँसो धरानको वसपार्कमा झगडा भएको थियो ।
झगडापछि एउटा समूह प्रहरी चौकीमा उजुरी गर्न आएको थियो । पछि–पछि आएको अर्को समूहले प्रहरी चौकीभित्र आक्रमण गरेको थियो । आक्रमण रोक्न खोज्दा चौकीका इन्चार्ज सुमन दाहाल घाइते भएको डिएसपी कार्कीले बताउनुभयो। ‘झगडाको विषयमा उजुरी लेख्न एउटा समूह आएको र लगतै ‘पछि–पछि आएको अर्को समूहले चौकीभित्र आक्रमण गरेको प्रहरीले जनाएको छ ।
७–८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज दाहाल घाइते हुनुभएको छ । उहाँमाथि खुकुरी प्रहार भएको थियो । घाइते दाहाललाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्